४१ अंकले नेप्से घट्दा १४२ कम्पनीका लगानीकर्तालाई घाटा, यी लगानीकर्ता नाफा कमाउन सफल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 01:43:22 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्सेमा भारी अंकको गिरावट आएको छ  । आज नेप्से परिसूचक ४१.५६ अंकले घटेर १३०४.४३ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १५१ कम्पनीका १३ लाख ११ हजार ९ सय ४८ कित्ता शेयर खरिद बिक्रिबाट ४८ करोड ३९ लाख ६७ हजार ५ सय ६ रुपियाँको कारोबार भएको छ  । 

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक ३ करोड ३९ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक शेयर , सानिमा बैंक , एभरेस्ट बैंक रहेका छन्  । 

आज हिमालयन डिस्टिलरीको शेयर मूल्य सर्बाधिक १० प्रतिशतले घटेको छ  । त्यस्तै बिशाल बजार कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले घटेको छ  । 


१४२ कम्पनीको शेयर मूल्य घटेको बजारमा २ कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन्  । सुर्योदय लघुवित्तका लगानीकर्ता ले ३.९३ प्रतिशत र स्वदेशी लघुवित्तका लगानीकर्ताले १.८६ प्रतिशत कमाएका छन्  । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved