रिलायन्स फाइनान्सले साढे ६ लाख कित्ता शेयर लिलाम गर्ने, कति मूल्यमा कबोल गर्नु उचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2018 | 08:42:23 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्सले चैत्र १ गतेदेखि ८ गतेसम्म हकप्रदमा अवितरित साढे ६ लाख कित्ता शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ । कम्पनीले ५ लाख ४२ हजार ३ सय १४ दशमलव ५२ कित्ता संस्थापक शेयर र १ लाख १० हजार ६ सय २६ दशमलव ०८ कित्ता साधारण शेयर लिलाम गर्न लागेको हो । 

कम्पनीले मङ्सिर २२ गतेदेखि माघ १२ गतेसम्म ५५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।  शेयर लिलामी प्रक्रियाको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।    

इच्छुक बोलकबोलदाताले साधारणशेयरको हकमा न्यूनतम १०० कित्ताको लागि र न्युनतम मूल्य मूल्य प्रति कित्ता १०० रुपियाँ नघटाई आवेदन दिनु पर्ने छ  ।  संस्थापक शेयरको हकमा भने  न्यूनतम १००० कित्ताको लागि र न्युनतम मूल्य मूल्य प्रति कित्ता १०० रुपियाँ नघटाई आवेदन दिनु पर्ने छ  । सर्वसाधारणले पनि संस्थापक शेयरको लागि आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ  ।  

इच्छुक बोलकबोलदाताले सनराइज क्यापिटलको कार्यालय कमलपोखरी तथा रिलायन्स फाइनान्स र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन्  । 

आवेदन दिन चाहनेले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक पर्ने रकम सनराइज बैंकमा सनराइज क्यापिटलको नाममा रहेको खाता नम्बर 0690371114401010 मा अथवा सनराइज बैंक मै रिलायन्स फाइनान्सको नाममा रहेको खाता नम्बर 10211090000273 मा रकम जम्म गर्नु पर्नेछ  ।  साथै गुड फर पेमेन्ट चेक पनि दिन सकिने क्यापिटलले जनाएको छ  । 

हाल फाइनान्सको चुक्ता पुंजी ५१ करोड २५ लाख रहेकोमा ४५ प्रतिशत हकप्रद बिक्रिपछि कम्पनीको चुक्ता पुंजी ७४ करोड ३२ लाख पुग्ने छ  ।  कम्पनीको अन्तिम कारोबार मूल्य १२५ रुपियाँ रहेको छ  । 

सामान्यतया लिलामको शेयरमा कायम बजार मूल्यको २० प्रतिशत कम मूल्यमा आवेदन दिन उचित हुने हुँदा १०० रुपियाँदेखि १०५ रुपियाँसम्ममा आवेदन दिनु उपयुक्त देखिन्छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved