शांग्रिला डेभलपमेन्ट बैंकले चैत्र १३ देखि ९ लाख कित्ता बढी शेयर लिलाम गर्ने, कहाँ दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2018 | 01:27:32 PM मा प्रकाशित

laxmi  sunrise bank

शांग्रिला डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित ९ लाख कित्ता बढी शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने एक करोड ८ लाख ६७ हजार ७९८ कित्ता सेयर निष्काशन गरेको थियो । उक्त सेयर मध्ये ९९ लाख ६५ हजार ८०१ कित्ता मात्र हकप्रद बिक्री भएको बैंकले जनाएको छ ।

अब बैंकले बिक्रि नभएको ९ लाख १ हजार ९ सय ९७ दशमलव ५० कित्ता शेयर लिलाम गर्ने भएको हो  । जस मध्ये संस्थापकतर्फ  ३ लाख ५२ हजार ७ सय २२ दशमलव ५० कित्ता शेयर   रहेका छन् भने बाँकि ५ लाख ९ हजार २ सय २५ कित्ता शेयर साधारणतर्फको रहेका छन्  । 

बैंकले चैत्र १३ गतेदेखि २० गतेसम्म ति शेयर लिलाम गर्ने भएको हो  । इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको शेयर पाउने छन।  

इच्छुक बोलकबोलदाताले बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, शांग्रिला डेभलपमेन्ट बैंकको कार्यालयहरु बालुवाटार, पोखरा, बुटवल, नारायनगढ़ं,  नेपालगंज, सुर्खेत, अतारिया, तथा घोराहीबाट आवेदन दिन र बुझाउन सक्ने छन्  ।  त्यस्तै प्रभु बैंकको बैंकको शाखाहरु विराटनगर, बिरगंज र धनगडीबाट समेत आएदन फारम लिन र बुझाउन सक्ने छन्  ।  

इच्छुक बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि चाहिने आवश्यक रकम प्रभु बैंकमा प्रभु क्यापिटलको नाममा रहेको खाता नम्बर 13511600631816000005 मा तथा शांग्रिला डेभलपमेन्ट बैंकमा प्रभु क्यापिटलको नाममा रहेको 02500800186243000001 खातामा जम्मा गर्न सक्ने छन् ।  

 बैंकले गत पुस १७ गते देखि माघ २१ गते सम्म ८० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । उक्त समयमा बैंकको सेयरका लागि ११ हजार ७३२ जनाले आवेदन दिएका थिए । आवेदन परेको हकप्रद सेयर भने बैंकले बाँडफाँड गरेको छ । 

हाल बैंकको चुक्ता पूँजी एक अर्ब ३५ करोड रुपैया छ । हकप्रद निष्काशन तथा सेयर लिलामी पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved