२८३ जनाले पाउने भए सिभिल बैंकको लिलामको शेयर, १५० मा पाइने शेयरलाई ४ सय रुपैयाँको आवेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 21, 2018 | 01:27:12 PM मा प्रकाशित

laxmi  sunrise bank

२ सय ८३ जनाले सिभिल बैंकले लिलाममा राखेको शेयर पाएका छन् । बैंकको बिक्रि प्रबन्धक तथा सेयर निष्काशनकर्ता लक्ष्मी क्यापिटल कार्यालयमा मंगलबार खोलिएको लिलाम शेयरको बोलपत्रको नतिजा अनुसार २ सय ८३ जनाले शेयर पाएका हुन। 

लिलाममा ४ हजार ४० जनाले आवेदन दिएकोमा ४७  जनाको आवेदन भने रद्द भएको छ । क्यापिटलले दिएको जानकारी दिएको अनुसार खरिद गर्न चाहेको कित्ता स्पष्ट नलेखेको, बैंक भौचर नभएको, लगायतका कारणले आवेदन रद्द भएका हुन् । 

लिलाममा राखिएको साधारण तर्फको शेयरको कट अफ मुल्य प्रति कित्ता १३३ कायम भएको छ।  १३३ रुपैयाँमा कबुल गर्ने सबैले माग अनुसारको शेयर भने पाएका छैनन् । १३३ रुपियाँ कबुल गर्ने ४० जनाले कुल १ लाख ३७ हजार ३ सय ४६ कित्ता शेयर पाएका छन् । 

लिलाममा सबै भन्दा धेरै ४ सय रुपैयाँको लागि आवेदन परेको थियो । जुन बजार मूल्यको दोब्बर भन्दा बढी हो ।  उषा किरण रानाले ४ सय मूल्यमा १ सय १५ कित्त्ता तथा १८० मा १ हजार कित्ता माग गरेकी हुन् । त्यस्तै मोहन मन सिंहले पनि १८० रुपियाँमा १ हजार कित्ता माग गरेका छन् । 

त्यस्तै एक लाख कित्ता भन्दा बढी माग गर्ने आवेदक पनि रहेका छन् । म्युचल फण्डले पनि लिलाममा उत्साहजनक रुपमा भाग लिएका छन् । त्यस्तै बोलकबोल खोल्ने क्रममा १० ले भाग नजाने आवेदनलाई रद्ध गरिएको भए पनि सूचनामा उल्लेख भए अनुसार नै सेयर बाँडफाँड गर्ने निर्णय भएको बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

 रद्ध भएका आवेदन तथा सेयर सकार्नेहरुको अन्तिम विबरण आउन बाँकी छ ।

लिलाममा राखिएको ३२ लाख ४४ हजार संस्थापक शेयरमा ९ आबेदनबाट १ लाख २३ हजार कित्ता मात्र माग गरेका छन। नबिकेको संस्थापक शेयर बैंकले पुन लिलाम मार्फत बिक्रि गर्नेछ। यस पटक संस्थापक शेयरधनीले मात्र आबेदन दिन पाएपनि अब लिलाममा राख्दा संस्थापक शेयरमा सर्वसाधारण र संस्थाले समेत शेयरमा बोलि लगाउन पाउनेछन।

सिभिलले ४० प्रतिशतका दरले हकप्रद बिक्रि गर्दा अवितरित ४२ लाख ३८ हजार ९५८ कित्ता सेयर  फागुन २३ देखि चैत १ सम्म लिलाम मार्फत बिक्रि गरेको थियो । बैंकले लिलाममा राखेको शेयर मध्ये ३२ लाख ४४ हजार ६ सय दशमलव २५ कित्ता संस्थापक र ९ लाख ९२ हजार ८  सय १९  दशमलव ५० कित्ता साधारण शेयर थिए ।

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब १८ करोड रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्ने छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख खुद नाफा गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved