पोखरा फाइनान्सले १ लाख ८० हजार कित्ता सेयर लिलाम गर्ने, लिलाम सकार्नेले पनि बोनस पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 21, 2018 | 02:09:20 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्स लिमिटेडले हकप्रदमा अवितरित एक लाख ८० हजार ७०१ कित्ता सेयर लिलाम गर्ने भएको छ ।फाईनान्सले गत पुस १३ गते देखी फागुन ६ गते सम्म १५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । फाइनान्सले  ९ लाख ८३ हजार ६८२ कित्ता सेयर निष्काशन गरेकोमा बिक्रि नभएको एक लाख ८० हजार ७०१ कित्ता शेयर लिलाम गर्ने भएको हो । लिलामको मिति भने छिट्टै सार्बजनिक गरिने कम्पनीले जनाएको छ । 

फाईनान्स सञ्चालक समितिको चैत ६ गतेको बैठकले रितिपूर्वक आवेदन दिने ३३ हजार ४३८ जना आवेदकलाई ८ लाख दुई हजार ९८१ कित्ता सेयर बाँडफाँड गरेको छ।  हकभन्दा बढी सेयर माग गरि आवेदन गर्ने सेयरधनीको बाँडफाँडमा नपरेको रकम चैत्र १२ गते सोमबार देखी हकप्रद आवेदन बुझाएको संकलन केन्द्रबाट फिर्ता भुक्तानी हुने कम्पनीले जनाएको छ । 

लिलामको शेयर खरिद गर्नेले पनि बैंकले प्रस्ताव गरेको  ८.२६ प्रतिशत बोनस पाउने छन् ।   बोनस र हकप्रदपछि फाइनान्सकाे चुक्ता पुंजी ८१ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved