पूँजी वृद्दी गर्दै बजार सञ्चालनको लागि सिएफएक्सले दियाे बोर्डमा अावेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 29, 2018 | 08:28:59 AM मा प्रकाशित

laxmi  sunrise bank

वस्तु विनियम बजार संचालन गर्न चाहने संस्थाहरुले नेपाल धितोपत्र बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि निवेदन दिन थालेका छन्। गएको चैत्र ८ गते कमोडिटि फ्यूचर्स एक्सचेन्जले बोर्ड समक्ष पुर्वस्वीकृतिका लागि निवेदन दिएको छ।  कमोडिटि फ्यूचर्स एक्सचेन्जले आफ्नो चुक्ता पूँजी ६० करोड रहने जनाएको छ।  वस्तु विनियम बजार सम्बन्धी नियमावली, २०७४ बमोजिम वस्तु विनियम बजार संचालन गर्न चाहने संस्थाहरुको न्यूनतम चुक्ता पूँजी ५० करोड हुनु पर्ने उल्लेख छ । 

कमोडिटि फ्यूचर्स एक्सचेन्जमा विभिन्न व्यावसायिक क्षेत्रमा सम्लग्न व्यक्ति तथा संस्थागत लगानीकर्ताहरुको लगानी रहने कुरा कम्पनीका संचालक कृष्ण गिरीले जानकारी दिए। सञ्चालनमा रहेका एक्सचेन्जहरू मध्ये पूर्वस्वीकृतिका लागि सबैभन्दा पहिले यस एक्सचेन्जले आवेदन दिएको हो । 

यस एक्सचेन्जको व्यवस्थापन तथा सन्चालनमा १० बर्ष भन्दा धेरै लामो समयदेखि स्वदेशी तथा बिदेशी कमोडिटि तथा डेरिभेटिव बजारको सन्चालन तथा व्यबस्थापन छेत्रमा काम गर्दै आएका विग्ञ्यहरुको सहभागिता रहनेछ । 

वस्तु विनिमय बजार नियमावली २०७४ लागू भई कार्यान्वयनमा आएपछि नेपालको वस्तु विनिमय बजार स्पष्ट नियमन दायराभित्र प्रवेश गर्नुको साथै बजार नियमित, व्यवस्थित विश्वसनीय, स्वच्छ तथा पारदर्शी भई लगानीकर्तालाई लगानी विविधीकरणको लागि नयाँ क्षेत्र खुल्ने अपेक्षाका साथ कम्पनी अघि बढेको कुरा संचालक कृष्ण गिरीले बिश्वास लिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved