शेयरबजारको गिरावटप्रति बाम सरकार गम्भीर नहुनु दुखद संकेत: कांग्रेस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 29, 2018 | 02:57:17 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजारले ओरालो बाटो समातेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिन्ता व्यक्त गरेको छ। सहज राजनैतिक वातावरण विकसित हुँदै गर्दा शेयरबजार ओरालो लाग्नु दुखद भएको कांग्रेसको राय छ। 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शेयर बजार निरन्तर ओरालो लाग्नु दुखद रहेको बताएका छन। अर्थतन्त्रको गति मापन गर्ने 'यन्त्र' शेयरबजारको गिरावटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रवक्ता शर्माले दुख व्यक्त गरेका हुन। 

'तुलनात्मक रुपले सहज राजनैतिक वातावरण मुलुकमा विकसित भएका बेला शेयर मार्केट ओरालो लाग्नु दु:खद विषय हो !'उनले ट्विट गर्दै भनेका छन, 'अर्थतन्त्रको गति मापन गर्ने `पल्स´ को अवस्थाप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, समृद्धिको नारा र बजारको अवस्था बीच तादाम्यता खोज्न गम्भीरता नहुनु सुखद संकेत होइन !!'

बाम गठबन्धनको स्थायी सरकार बनेपछी शेयरबजारले समेत सकरात्मक लय लिने लगानीकर्ताको अपेक्षा बिपरित केहि दिन यता शेयर बजार निरन्तर ओरालो गतितर्फ धकेलिएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved