श्वेतपत्रबारे धितोपत्र बोर्डका पुर्वअध्यक्षले दिए यस्तो प्रतिक्रिया

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 02, 2018 | 09:55:32 AM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बोर्डका पूर्वअध्यक्ष शूरवीर पाैडेलले शेयरबजारमा अब केहि सुधार हुने आशा व्यक्त गरेका छन् । उनले अर्थमन्त्रीले केही दिनअघि जारी गरेकाे श्वेतपत्रबारे अाफ्नाे धारणा सार्वजनिक गर्दै यस्तो आशा व्यक्त गरेका हुन् ।

पाैडेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘हिजाे म बाेर्डकाे अध्यक्ष हुँदा सेयर बजार सतही भयाे यसकाे गहिराइ बढाउनु पर्छ भनेर काम थाल्दा अर्थमन्त्रालयले अवराेध खडा गरेकाे थियाे । अाज श्वेतपत्रले बजार सतही भएकाे स्वीकारेकाे छ, हेराैं अब केही हाेला कि!’

केहि दिन श्वेतपत्र सार्बजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको हुनाले पनि सेयर बजार सतही भएको उल्लेख गरेका थिए । श्वेतपत्रमा मन्त्री खतिवडाले भनेका थिए 'श्वेतपत्रमा पुँजी बजार सतही रहनको साथै दायरा संकुचन छ । पूँजी बजारमा हाल २०८ कम्पनीहरू सूचीकृत रहे पनि तीमध्ये ७५ प्रतिशत वित्तीय संस्थाहरू रहेका छन् । पूँजी बजारको कुल कारोबारमा वित्तीय संस्थाहरूको अंश ८१ प्रतिशत रहेको छ । '

पाैडेलको धारणामा विभिन्न टिकाटिप्पणी पनि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved