२ दिनमा ४९ अंकले बढ्यो नेप्से, अन्तिम दिन जनता बैंकको शेयर सर्बाधिक खरिद बिक्रि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 05, 2018 | 02:58:59 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २३.९४ अंकले बढेर १२५०.३९ को उचाईमा पुगेर रोकिएर छ । आज कारोबारमा आएका १ सय ६८ कम्पनीका १५ लाख १४ हजार ३ सय ६९ कित्ता शेयर खरिद बिक्रि बाट ६१ करोड ९३ लाख ८३ हजार ८ सय ६६ रुपियाँको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै नेपाल इन्स्योरेन्सको ४ करोड ११ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् ।

यस दिन तिनाउ विकास बैंकको शेयर मूल्य सबै भन्दा धेरै ९.०४ प्रतिशतले बढेको छ भने मिथिला लघुवित्तको ८.८७ प्रतिशत तथा ओम डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.८२ प्रतिशतले बढेको छ ।

आज गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ५.१९ प्रतिशतले घटेको छ भने पोखरा फाइनान्सको शेयर मूल्य ३.३५ प्रतिशतले घटेको छ । आज   जनता बैंक लिमिटेडको सबै भन्दा धेरै ६६ हजार ४ सय ५० कित्ता शेयर खरिद बिक्रि भएको छ । 

यस साताको अन्तिम २ दिनमा नेप्से सूचक ४९ अंकले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved