पुँजीबजारका नियामकलाई प्रभाबकारी रुपमा काम गर्न अर्थसचिव खनालको निर्देशन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 09, 2018 | 09:45:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थसचिव ड़ा राजन खनालले पुँजीबजारका नियामकलाई प्रभाबकारी रुपमा आफ्नो भूमिका निर्वाह गर्न निर्देशन दिएका छन। सचिब खनालले पदबहालीको अवसरमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा यस्तो निर्देशन दिएका हुन। 

नियामकहरु पुँजीबजारको बिकास र सुधारमा संबेदनशील नदेखिएको भन्दै लगानीकर्ताले गुनासो गरिरहेकै बेला सचिब खनालले यस्तो निर्देशन दिएका हुन। लगानीकर्ताले नियामकहरुले शेयरबजारको विकासका लागि तदाकरुकता नदेखाएकोमा गुनासो गर्दै आएका छन। 

शेयरबजार सुधारको प्रमुख आधार मानिएको अनलाइन ट्रेडिङको कार्यन्वयन, मार्केट डिलरको संचालन, नेप्सेको निजीकरण लगायतका कामहरु हुन नसकेको भन्दै लगानीकर्ताले पटक पटक नियामकको ध्यानाकर्षण गर्दै आएका छन। यस्तो अवस्था अर्थसचिब खनालबाट यस्तो निर्देशन आउनुलाई महत्त्वका साथ हेरिएको छ। 

सचिब खनालले पुँजी बजार र आर्थिक क्रियाकलापले समग्र अर्थतन्त्रलाई प्रतिनिधित्व गर्नुपर्नेमा सो हुन नसकेको औंल्याउँदै पुँजी बजारमा भएको लगानीलाई उत्पादनशील क्षेत्रमा परिचालन हुनेगरी पुँजीको विकास गर्नुपर्नेमा समेत जोड दिए।        


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved