पुँजीबजार सुधारको कामबाट पछी हटेका छैनौं : शेयर लगानीकर्ता संघ नेपाल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 10, 2018 | 01:49:05 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघ नेपालले पुंजीबजार सुधार तथा बिकासका लागि आफ्नो माग यथावत रहेको जनाएको छ। बजार सुधारका लागि आफुले उठाउदै आएको विभिन्न मागहरुका सम्बन्धमा सरोकारवालासंग निरन्तर सम्पर्क रहेको संघले जानकारी गराएको छ। 

पुंजीबजारमा क्रियाशील संघ संगठनलाई इंगित गरेर मिडियामा आएका खबरहरुले आफुहरुलाई बजार सुधारको काममा लाग्न हौसला र प्रेरणा मिलेको संघद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। 

सम्बन्धित निकायबाट आगामी बजेट, मौद्रिक नीति जस्ता आर्थिक सुधारका कार्यक्रममा आफ्ना मागहरु सम्बोधन गर्ने आश्वासन प्राप्त भएको संघको भनाई छ। पछिल्लो समय सामाजिक संजाल तथा केहि संचार माध्यममा लगानीकर्ताका संघसंगठनहरुले पुंजीबजार सुधारका लागि अघि सारेका आन्दोलनका कार्यक्रमले गति नलिएको आरोप लगाएका थिए। लगानीकर्ताको सोहि आरोपलाई सम्बोधन हुने गरि संघले विज्ञप्ति निकालेर आफ्नो अभियान जारी रहेको जानकारी गराएको हो।  

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved