सामान्य अंकले बढ्यो सूचक, कारोबार रकममा भने गिरावट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 11, 2018 | 02:49:35 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ  आज नेप्से सूचक ३.१० अंकले बढेर १२७३.३३ को उचियामा पुगेर रोकिएको छ  आज कारोबारमा आएका १५८ कम्पनीका ८ लाख ५९ हजार २ सय ८२ कित्ता शेयर खरिद बिक्रिबाट २८ करोड ८४ लाख ७८ हजार ७ सय ७२ रुपैयाको कारोबार भएको छ  

आज नबिल बैंकको सस्थापक शेयरको सबै भन्दा धेरै ३ करोड ५१ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा ओम डेभलपमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक लगायत रहेका छन् । 

आज होटेल , विकास बैंक, फाइनान्स तथा अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

आज नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता सर्बाधिक ६.३२ तथा स्वोदेशी लघुवित्तका लगानीकर्ताले ५.९० प्रतिशत कमाएका छन् । त्यस्तै आज हिमालय डिस्टिलरीका लगानीकर्ताले सर्बाधिक ५.३८ प्रतिशत तथा गुर्खाज फाइनान्सका लगानीकर्ताले ४.९१ प्रतिशत गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved