बर्षको अन्तिम दिन नेप्से हरियो, बर्षभरमा ४ सय १९ अंकले घट्यो सूचक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 12, 2018 | 02:19:30 PM मा प्रकाशित

laxmi  sunrise bank

यस बर्षको कारोबारको अन्तिम दिन बजार परिसूचक नेप्से बढेको छ  । आज नेप्से सूचक ४.२२ अंकले बढेर १२७७.५५ को उचाईमा पुगेर रोकिएको छ। यस बर्षभरमा नेप्से सूचक ४१९.५८ अंकले घटेको छ  । गत बर्ष चैत्रको अन्तिम दिनको कारोबारमा नेप्से सूचक १६९७.१३ रहेकोमा यस बर्षको चैत्र को कारोबारको अन्तिम दिनसम्म आईपुग्दा सूचक ४१९ अंकले घटेको हो  ।

आज कारोबारमा आएका १ सय ६५ कम्पनीका १३ लाख २९ हजार ९ सय ३० कित्ता शेयर खरिद बिक्रिबाट ४४ करोड ३० लाख ९६ हजार २ सय ६६ रुपैयाको कारोबार भएको छ । आज फाइनान्स र बाणिज्य बैंकबाहेकका समुहगत सूचक बढेका छन् ।

आज नबिल बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै २ करोड ४६ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा ओम डेभलपमेन्ट, गुराँस लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स लगायत रहेका छन्  । आज प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य सर्बाधिक ६.७४ प्रतिशतले तथा सूर्या लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५.७९ प्रतिशतले बढेको छ  । 

त्यस्तै आज नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सर्बाधिक ९.९२ प्रतिशत घटेको छ भने काबेली बैंकको शेयर मूल्य ३.६७ प्रतिशतले घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved