शेयरबजारमा कालोधन निरुत्साहित गर्न तात्यो बोर्ड, १० लाख बढीको कारोबारमा कडाई

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 12, 2018 | 07:00:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कालोधन भित्रन नदिन नयाँ व्यवस्था लागू गरेको छ। बोर्डले बैशाख १, २०७५ देखि लागू हुने गरि यस अघिको 'सम्पत्ति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका २०६९' लाई संसोधन गरि नयाँ निर्देशिका जारि गरेको हो।

‘सम्पत्ति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४’ लागू भएसंगै पुँजीबजारलाई पारदर्शी बनाउन सहयोग पुग्ने बोर्डका प्रवक्ता निरज गिरीले बताए। यस निर्देशिकाले नियमन निकायलाई थप जिम्मेवार र अधिकार प्रदान गरेको बोर्डको भनाई छ। 

बुँदागत रुपमा हेर्नुहोस् नयाँ व्यवस्थाहरु

-सूचक संस्थाले आफ्नो कारोबार र व्यवसाय सञ्चालन गर्दा कानूनको पालना र उच्च नैतिक मापदण्डहरुको पालना र अनुसरण गर्नु पर्ने,

- सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी प्रचलित कानूनको कार्यान्वयन र त्यस सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातमा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नु पर्ने,

- सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप विरुद्धका कामकारवाहीलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न प्रत्येक सूचक संस्थाले आफ्नो आन्तरिक नीति, आन्तरिक नियन्त्रण प्रणाली तथा कर्मचारीको लागि तालिमको व्यवस्था गर्नु पर्ने,

- सूचक संस्थाले जोखिमको आधारमा आफूसँग कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचान सम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नु पर्ने,

- सूचक संस्थाले आफ्नो व्यवसायको सिलसिलामा बेनामी वा काल्पनिक नाममा कुनै पनि खाता खोल्न वा कारोबार गर्न, गराउन नहुने,

- वेनामी वा काल्पनिक खाता खोलिएको वा कारोबार भएको रहेछ भने त्यस्तो खाता वा कारोबार तत्काल बन्द गरी आवश्यक छानबिन गर्नुपर्ने,

- सूचक संस्थाले ग्राहकको सही रुपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्याङ्क वा जानकारीका आधारमा गर्नु पर्ने र सो गर्नको लागि आवश्यक मनासिव उपायहरु अपनाउनु पर्ने,

- ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा कागजातहरु रुजु गर्ने जिम्मेवारी सहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातहरुको आधिकारिकता निजबाट रुजु गराई राख्नु पर्ने ;

- ग्राहकको पहिचान तथा जाँचगर्दा जोखिममा आधारित भएर गर्नु पर्ने,

- एक दिनमा पटक पटक वा एकै पल्ट दश लाख रुपैंया भन्दा वढिको कारोवारको जानकारी वित्तीय जानकारी इकाईमा दिनु पर्ने,

- शंकास्पद कारोवार सम्वन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईमा अनिवार्य दिनु पर्ने,

- सूचक संस्थाले ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत ग्राहक पहिचान सम्बन्धी उपयुक्त उपायहरु अपनाउनु पर्ने इत्यादि व्यवस्थाहरु उक्त निर्देशिकामा समाविष्ट छन् ।

उक्त निर्देशिका लागू भए पश्चात पुँजी वजार तथा वस्तु वजारको क्षेत्रमा हुन सक्ने सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्वन्धी जोखिम न्युनिकरण गर्ने व्यवस्था सुदृढ भई बजारको पारदर्शीता तथा विश्वशनियतामा अभिबृद्धि हुने धितोपत्र बोर्डले बिश्वास गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved