नेप्सेको पुनर्संरचना गर्न महालेखाको सुझाव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 13, 2018 | 09:45:18 AM मा प्रकाशित

laxmi  sunrise bank

महालेखा परिक्षकको कार्यालयले नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एकस्चेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना गरी पुँजी बजारको दायरा र आकार वृद्धि गराउन जरुरी रहेको उल्लेख गरेको छ।

बिहिबार आफ्नो ५५ औ बार्षिक प्रतिवेदन सार्वजनिक गर्दे महालेखा परिक्षकको कार्यालयले नेप्सेको पुनर्संरचना जरुरी रहेको उल्लेख गरेको हो। प्रतिवेदनमा बजारको क्षेत्रगत विविधता बढाउने, धितोपत्र व्यवसायीको सेवा विस्तार, विदेशी लगानीलाई सहज, वस्तुबजारका लागि नियमनकारी व्यवस्थाको सुदृढीकरण गर्न सुझाव दिईएको छ । प्रतिवेदनले नियमनकारीको कार्य प्रभावकारी नभएको औल्याएको छ ।

प्रतिवेदनमा भनिएको छ ' धितो पत्रमा लगानीसम्बन्धी शिक्षा दिने प्रक्रियाको थालनी भर्खर भएको, सूचीकृत कम्पनीको संख्या न्यून भएको, उत्पादनमूलक लगायत बहुसंख्यक कम्पनीले धितोपत्र निष्काशन नगरेको, केही म्यूचुअल फण्ड बाहेक संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको, धितोपत्र कारोबार अधिकांश काठमाडौंमा सीमित रहेको, निश्चित संख्यामा रहेका धितोपत्र दलालको उपस्थितिले लागत घटाउन नसकिएको र निजी क्षेत्रलाई भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फण्ड सञ्चालन गर्न उत्प्रेरित गर्ने वातावरण नियमनकारी निकायले बनाउन सकेको छैन । '

यो क्षेत्रमा वित्तीय संस्थाको प्रभुत्व रहेको , कर्पोंरेट पेपर र ऋणपत्र बजारले प्रवेश नपाएको , भेन्चर क्यापिटल र प्राइभेट इक्विटी इन्भेष्टमेन्ट जस्ता व्यवसायलाई धितो बजारमा ल्याउन नसकिएको भएतापनि नेपालको पुँजी बजारले सर्वसाधारण तथा साना लगानीकर्तालाई लाभ पुःयाउने र आर्थिक विकासमा सहभागी हुने केही मौका प्रदान गरेको प्रतिवेदनमा जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved