झुठा विवरणको आधारमा शेयर कारोबार गराउने ब्रोकरलाई ५० हजार जरीवाना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 17, 2018 | 05:00:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले झुठा विवरणको आधारमा खाता खोलि शेयर कारोबार गरेको भन्दै लिन्च स्टक मार्केट लिमिटेडलाई पचार हजार जरिवाना गरेको छ। लिन्च स्टकले झुटो विवरणको आधारमा डिपी खाता खोलि शेयरकारोबार गराएको उजुरी परेपछि अनुसन्धानको क्रममा नियम पालना नभएकाले आर्थिक कारबाही गरिएको बोर्डले जनाएको छ। 

धितोपत्र सम्वन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (४) व्यवस्था पालना गरेको नदेखएकोले लिन्च स्टकलाई पचास हजार रुपैया आर्थिक जरिवाना गरिएको बोर्डले जनाएको छ ।

अनुसन्धानमा लिन्च स्टकले हितग्राही खाता खोल्दा प्राप्त विवरण तथा कागजातको आवश्यक जाँचवुझ गरेको नदेखिएको र ग्राहक परिचय विवरणमा त्रुटी देखिएकोले आर्थिक जरिवाना गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।

धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नु अघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्ने, निक्षेप सदस्यले हितग्राहीसँग सम्झौता गरेपछि मात्र धितोपत्र खाता खोल्नु पर्ने व्यवस्था छ।

यस्तो कारबाहीबाट धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसाय संचालन गर्दा प्रचलित कानुनको व्यवस्थाहरुको पालना सम्वन्धमा थप सजग गराउने, ग्राहक पहिचान तथा विवरण अखिलेख कार्यलाई अझ व्यवस्थित वनाउने र लगानीकर्ताको हक हित संरक्षण गर्दै दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुन सहयोग पुग्ने बोर्डको अपेक्षा रहेकोे छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved