सीआश्वालाई थप प्रभावकारी बनाउन बोर्डले दियो ४ बुँदे निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 18, 2018 | 01:02:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सीआस्वा प्रणालीलाई थप प्रभावकारी बनाउन नेपाल धितोपत्र बोर्डले सम्पूर्ण आस्वा सदस्यहरुलाई ४ बुँदे निर्देशन दिएको छ। सीआश्वा  अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका कतिपय शाखा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी नरहेको, लगानीकर्ताहरुको खातामा धितोपत्र खरिद आवेदनमा उल्लेख भए बमोजिम यथेष्ट रकम उपलब्ध भए नभएको एकिन नगरिकनै आवेदन बुझिलिने गरेको, चेक समेत बुझिलिने गरेको जस्ता गुनासाहरु बोर्डमा प्राप्त भएकोले बोर्डले सदस्यहरुलाई थप निर्देशन दिएको हो ।

बोर्डले सार्वजनिक निष्काशनमा शेयर खरिदका लागि प्राप्त आवेदन सीआस्वा सफ्टवेयरमा रुजु गरी ग्राहकको पहिचान एकिन गरेपश्चात् मात्र बुझिलिन, आवेदनकर्ताको खातामा आवेदन गर्दाको बखत आवश्यक रकम उपलब्ध भएमा माग आवेदन स्वीकार गरी आवेदन रकम रोक्का गर्न, सेवाग्राहीलाई सीआस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्न, र सीआस्वा सेवा अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीहरुलाई तालिम प्रदान गर्न सदस्यहरुलाई बोर्डले निर्देशन दिएको हो ।

सान्जेन र रसुवागढीको आइपीओको आवेदनमा विभिन्न समस्या देखिएको र धेरै आवेदन रद्द भएपछि बोर्डले यस्तो निर्देशन दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved