रैराङ हाइड्रोले पायो ८ लाख ४० हजार कित्ता आईपिओ निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 22, 2018 | 02:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशनको अनुमति पाएको छ । अब कम्पनीले सर्बसाधारणलाई ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने छ। कम्पनीको सेयर बिक्री तथा निष्काशनका लागि एस क्यापिटल लिमिटेड रहेको छ ।


नेपाल धितोपत्र बोर्डले आज आइतबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले यस अघि गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको छ ।

रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ ।

  कम्पनीको अधिकृत पुंजी १ अर्ब रहेको छ भने चुक्ता पुंजी ४२ करोड रहेको छ । सर्बसाधारणलाई अईपियो निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ५६ करोड पुग्ने छ भने संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ७५:२५ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved