प्राइम कमर्शियल बैंकको बोनस पाउन कर तिर्नु पर्ने, हेर्नुस कहाँ र कसरि तिर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 23, 2018 | 11:25:58 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंक लिमिटेडको २७ प्रतिशत बोनस प्राप्त गर्न कर तिर्नु भएको छ । बैंकको पुस २५ गते बसेको साधारणसभाले पारित गरेको बोनस नेप्सेमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा वितरण समेत भईरहेको बैंकले जनाएको छ ।

 नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने उदेश्यले कुनै पनि संस्थाले मर्जर तथा प्राप्ति गरेको दुई बर्षसम्म बोनस सेयर बापत लाग्ने करमा छुट नलाग्ने ब्यबस्था गरेको छ ।  बैंकले साविकको बिराट लक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको मिति २०७४ बैशाख १७ गतेसम्म कायम शेयरधनीले लाभांशमा लाग्ने करमा छुट पाउने छन्   । यी लगानीकर्ताको डिम्याट खातामा बोनस शेयर गई सकेको बैंकले जनाएको छ  । अन्य लगानीकर्ताको हकमा भने कर तिरेपछि मात्र शेयर प्राप्त गर्न सकिने बैंकले जनाएको छ  ।बैशाख १७ पछि बैंकको शेयर खरिद गर्नेहरुले भने बोनस शेयरमा लाग्ने कर तिरेपश्चात मात्र बोनस शेयर पाउनेछन। 

लगानीकर्ताले कर वापतको रकम प्राइम कमर्शियल बैंक लिमिटेड कमलपोखरी शाखामा रहेको खाता नम्बर ९९२८१६१११० मा जम्मा गरेपछि बोनस शेयर खातामा आउने छ । बैंकको सम्पूर्ण शाखाबाट रकम जम्मा गर्न सकिने छ  ।  यस बिषयमा थप जानकारी आवश्यक परेमा बैंकको शेयर रजिस्ट्रार सिभिल क्यापिटलमा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ  । 

२७ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ३ करोड ३३ लाख पुगेको छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ४८ करोड खुद मुनाफा गरेको थियो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved