हल्लाको पछि नलागौ, कसैले भनेको भरमा बजार घटबढ हुदैन : अध्यक्ष पौडेल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 23, 2018 | 05:44:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष अम्बिका पौडेलले हल्लाको पछाडी नलाग्न लगानीकर्तालाई आग्रह गरेका छन् । पौडेलले १५ लाख भन्दा बढी लगानीकर्ता र करिब १७ खर्बको बजार कसैले यति पुग्छ उति पुग्दछ भनी भनेको र लेखेको आधारमा घटबढ नहुने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेका हुन्   ।

उनले बजार कता जान्छ भन्ने बिषय लगानीकर्ताको मनोविज्ञानमा भर पर्ने बताए। उनले भने 'मैले भनेको कुरालाई लिएर गलत प्रचार भयो, बजार सधै घटिरहने वा बढी रहने भन्ने हुदैन, यो त बिशुद्द रुपमा लगानीकर्ताहरुको लगानी सम्बन्धि निर्णयले माथी तल हुने हो।'

साथै उनले पुंजीबजारका आधारभुत सिद्धान्तहरुको अध्ययन गरि विवेकशील तथा व्यावसायिक लगानीकर्ता बन्न पनि सबैमा अपिल गरेका छन्  । एक लगानीकर्ताको हिसाबले अनुमान सबैले गर्ने बताउदै उनले भने 'बजार सुधारको बिषयमा जुन पहल भई रहेको छ, यसले बजार अझै माथि जान सक्छ ' उनले बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा आजको बजारमा करेक्सन देखिएको र यो स्वभाविक भएको बताए  । तर बजार धेरै करेक्सन नहुने उनको अनुमान छ । 

 उनले 'नेप्से सूचक १५ सयको उचाईमा पुगेर तल झर्ने सक्ने' अभिव्यक्ति दिएको भन्ने बिषयले आज निकै चर्चा पाएको थियो । केहि दिन अगाडिदेखि लगातार बढी रहेको र  हिजो १४ सय ४० मा बन्द भएको नेप्से सूचक आज दोहोरो अंकले घटेपछि पौडेल बजार घटाउन लागेका हुन् कि भन्दै केहि लगानीकर्ताले आशंका व्यक्त गरेका थिए  ।

तर उनले यस बिषयमा आपत्ति जनाउदै बिजपाटीसंग भने 'लगानीकर्ताको हिसाबले १५ सय सम्म पुग्न सक्छ र त्यसपछि केहि करेक्सन होला भनेर मैले अनुमान मात्र गरेको हो, यसलाई नै गलत तरिकाले ठुलो बिषय बनाईयो' । साथै उनले कसैले भनेको भरमा बजार घटबढ नहुने दोहोर्याउदै हल्लाको पछाडी नलागी पुंजीबजारका आधारभुत सिद्धान्तहरुको अध्ययन गरि लगानी गर्न आग्रह गरेका हुन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved