सूचकसंगै कारोबार रकममा पनि गिरावट, कमाउनेमा स्वदेशी लघुवित्त अगाडि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 25, 2018 | 04:26:07 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार पनि बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ८.३९ अंकले घटेर १३८६.४७ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६० कम्पनीका ११ लाख ७ हजार ५ सय १३ कित्ता शेयर खरिद बिक्रिबाट ५६ करोड १४ लाख ६० हजार ७० रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

आज नेपाल ग्रामिण विकास बैंकको सबै भन्दा धेरै ४ करोड २५ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा ग्लोबल आईएमइ बैंक, राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर, चिलिमे हाइड्रो, युनाईटेड इन्स्योरेन्स लगायत रहेका छन् ।

आज स्वदेशी लघुवित्तको शेयर मूल्य ६.०४ प्रतिशतले बढेको छ । अन्य बढी कमाउनेमा पोखरा फाइनान्स, नेपाल ग्रामिण विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स लगायत रहेका छन् ।

आज रिलायन्स फाइनान्सका लगानीकर्ताले सर्बाधिक ६.१५ प्रतिशत गुमाएका छन् । अनुआ बढी गुमाउनेमा युनाइटेड मोदी हाइड्रो, हाथवे फाइनान्स, पुर्णिमा विकास बैंक लगायत रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved