मेरोशेयरबाट नेपाल सेवाको आईपिओ भर्दा किन आएँन कन्फरमेशन कोड ? यस्ता छन् ३ कारण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 25, 2018 | 05:07:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बैशाख १२ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ  ।  कम्पनीले  १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो  ।  

सिडीएससीले मेरोशेयर मार्फत आईपिओमा अनलाइन आवेदन दिन सक्ने ब्यबस्था गरेको छ । आइडी पासवर्ड लिएकाहरुले सीडिएससीमा लगईन गरी शेयर भर्न सक्ने छन् । तर कतिपय लगानीकर्ता हरुले आवेदन दिंदा आफ्नो इमेलमा भेरिफिकेसन कोड नआएको,   भेरिफिकेसन कोड ढिलो आएको गुनासो गरेका छन् ।   

किन भयो यस्तो ? 

लगानीकर्ताको यस गुनासोलाई हामीले सिडीएसका प्रबक्ता सुरेश न्यौपानेलाई राखेका थियौ ।  उनले सिस्टममा कुनै समस्या नभएको बताउदै ३ कारणले लगानीकर्ताले गुनासो गरेको हुन् सक्ने बताए। 

१. उनले लगानीकर्तालाई कन्फरमेशन इमेल जन्क वा स्प्याममा गएको हुन् सक्ने भन्दै आफ्नो इमेलको जन्क र स्प्याम फोल्डर पनि हेर्न आग्रह गरेका छन् ।  उनले भने 'अन्य इमेल सिधै इनबक्स मै आउछ तर यसको इमेल भने जन्क र स्प्याम फोल्डर पनि जान सक्छ, त्यहि जाने होइन तर जान सक्छ, लगानीकर्ताले जन्क र स्प्याम फोल्डर पनि हेर्नु पर्यो, त्यहा कोड आएको हुनु पर्छ' ।  

२. उनले सिस्टमले एकै समयमा ६० भन्दा बढी इमेलमा कन्फरमेशन पठाउनु पर्दा केहि मिनेट ढिलो हुने गरेको बताएका छन्  । उनले अत्यधिक चाप हुँदा कन्फरमेशन कोड आउँन ५ देखि ७ मिनेटसम्म लाग्न सक्ने बताएका हुन्  । यद्यपि धेरै चाप नहुँदा १ मिनेट मै कोड आउने उनको भनाई थियो  । 

३. कतिपय अवस्थामा डिम्याट खाता खोलिदिएको डिपीले इमेल आईडी गलत राखिदिएको पाइएको उनले बताए  । प्रबक्ता न्यौपानेका अनुसार डिपीले इमेल आइडी गलत हालिदिएको फेला परेको हो  । उनले भने 'gmail हुने पर्नेमा gmali, gemail लगायत अपडेट भएको पाईएको छ' । त्यस्तो अवस्थामा सिडीएसको सिस्टमले नै स्क्रिनमा जुन इमेलमा कोड पठाएको त्यसबारेको जानकारी दिने गरेको उनले बताए। तर लगानीकर्ताले आफ्नो डिपी वा बैंकमा गएर  आइडी सच्याउन आग्रह गर्नु पर्ने उनले बताए  ।

उनले सिस्टममा कुनै समस्या नरहेको र मंगलबार ५ बजेसम्ममा २० हजार भन्दा बढीले सहज रुपमा आवेदन दिएको पनि जानकारी दिए  ।


नेपाल सेवा लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।  कुल १ लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात ३६ सय कित्ता कम्पनीको कर्मचारीको लागि, ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकि १ लाख ६७ हजार ४ सय कित्ता आम सर्बसाधारणको लागि छुट्याइएको छ । 

लगानीकर्ताले छिटोमा बैशाख १६ र ढिलोमा जेठ १० गतेसम्म आवेदन दिन सक्ने छन्  ।   लगानीकर्ता न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  ५० कित्ता भन्दा बढी आवेदन दिंदा १० ले भाग जाने संख्यामा दिनु पर्ने छ  । 

इच्छुक लगानीकर्ताले सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण शाखाबाट वा मेरोशेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन् । आवेदन दिन सीआरएन नम्बर अनिवार्य छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved