सूर्या लाइफले बैशाख ३१ गतेदेखि हकप्रद निष्काशन गर्ने, उपत्यका बाहिर र भित्र कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 30, 2018 | 10:04:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सले बैशाख ३१ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले  १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो।  अब कम्पनीले २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  ।  कम्पनिको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइसी एसिया क्यापिटल छ। लगानीकर्ताले क्यापिटलको कार्यालय बबरमहल, सी आश्वा सदस्य प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र सूर्या लाइफको निम्न शाखाबाट हकप्रद भर्ने सक्ने छन् ।  

  

  कम्पनिको चैत २६ मा बसेको संचालक समितिले हकप्रद प्रयोजनार्थ बैशाख ५ का लागि शेयरधनि दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकोले  बैशाख ४ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउने छन् ।  हकप्रद भर्ने म्याद असार ३ गतेसम्म रहेको छ  ।  

कम्पनिको गत भदौ ७ गते बसेको ९ औ बार्षिक साधारणसभाले ४० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो।   ४० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी ६५ करोड ६२ लाख बाट ९४ करोड ५० लाख पुग्नेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved