रैराङ हाइड्रोपावरले बैशाख ३१ गतेदेखि आईपिओ निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 03, 2018 | 05:32:09 PM मा प्रकाशित

laxmi  sunrise bank

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणको लागि बैशाख ३१ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनी ८ करोड ४० लाख रुपैयाँ बराबरको  ८ लाख ४० हजार कित्ता आइपिओ  निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर बिक्री तथा निष्काशनका लागि एस क्यापिटल लिमिटेड रहेको छ 

८ लाख ४० हजार कित्ता मध्ये ३३ हजार ६ सय कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ४२ हजार कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफांड गरिएको छ । बाँकि ७ लाख ६४ हजार ४ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४२ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा जेठ ३ गतेसम्म र ढिलोमा जेठ २९ गतेसम्म आवेदन दीईसक्नु पर्ने छ ।

 

कम्पनीले यस अघि गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको छ ।रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ ।

  कम्पनीको अधिकृत पुंजी १ अर्ब रहेको छ भने चुक्ता पुंजी ४२ करोड रहेको छ । सर्बसाधारणलाई आईपियो निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ५६ करोड पुग्ने छ भने संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ७५:२५ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved