श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्यो लाभांश घोषणा, चुक्तापुंजी ८० करोड पुग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2018 | 10:25:42 AM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । फाइनान्सको बैशाख २१ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई २६.५७ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले चुक्ता पुजी ६३ करोड ६१ लाखको  २६.५७ प्रतिशत अर्थात् १६ करोड ७९ लाख बराबरको बोनस वितरण गर्ने भएको हो  । उक्त बोनस प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।


फाइनान्सले हालै जारी गरेको ८३ प्रतिशत हकप्रदले समेत बोनस पाउने छन्  । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड एक लाख रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved