चौतारी लघुवित्तले ५ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गर्दै, बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

निरोज कुमार थापा

निरोज कुमार थापा

May 07, 2018 | 04:30:10 PM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्त वित्तीय संस्था लि. ले प्रति शेयर १ रुपैयाँ अंकित दरको ५ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे । 

यस चौतारी लघुवित्त वित्तीय संस्थालि. को अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.१८करोड, र चुक्तापूँजी रु.१२ करोड६० लाखरहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी रु.१८ करोड हुनेछ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७१÷१२÷०९ मापब्लिक लिमिटेड कम्पनीको रुपमाकम्पनी रजिष्ट्रार कार्यालयमादर्ता भएको हो । २०७२ सालमार्ग ०९ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त गरेको यस संस्थाले २०७२ साल पौष १९ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।

वुटवलमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले चालुु आ.ब. २०७४÷०७५ को तेस्रो त्रैमासिक अवधिसम्म १० जिल्लाभित्र ३४ वटा शाखाकार्यालय मार्फत् २२,९०८ विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी १७ करोड ६४ लाख ५२ हजार बचत संकलन तथा ६१ करोड ५० लाख ७८ हजार कर्जा प्रवाह रहेको छ । यसैगरी गत आ.ब.मा ५७ लाख खूद नाफामा रहेको यस वित्तीय संस्थाको चालुु आ.ब.को तेस्रो त्रैमासिक अवधि सम्ममा ६५ लाख ४२ हजार खुद मुुनाफा कमाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved