किन रोकियो युनाईटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 01:04:58 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले जेठ २७ गते साधारणसभा डाकेको छ  । साधारणसभा प्रयोजनको लागि कम्पनीले जेठ १३ गते देखि बुक क्लोज गर्ने निर्णय गरेको छ  । साधारणसभाको एजेण्डामा यस अघि कम्पनीको संचालक समितिले प्रस्ताव गरेको २ सय ४० प्रतिशत हकप्रदको एजेण्डा भने छैन  । कम्पनीले चुक्ता पुंजी वृद्धि योजना बिना नै साधारणसभा डाकेको हो  । 

कम्पनीले बैशाख २ गते संचालक समितिको बैठकले हकप्रदबाट नै चुक्ता पुंजी १ अर्ब पुर्याउने गरी  २ सय ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो  । कम्पनीको चुक्ता पुंजी हाल ३० करोड २४ लाख रहेकोमा २ सय ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्ने थियो । 

तर कम्पनीको प्रस्ताव बिमा समितिले स्वीकृति नदिएपछि हकप्रदको एजेण्डा बिना नै साधारणसभा डाकिएको हो  । कम्पनी सचिव बिदुर बहादुर भुजेलले बिमा समितिबाट आजको दिनसम्म हकप्रदको लागि स्वीकृति नदिएको बताए  ।  वासलात स्वीकृत गरेको ६० दिनमा साधारणसभा बोलाउनु पर्ने र साधारणसभाबारेको सूचना २१ दिन अगाडि नै दिनु पर्ने भएकाले बाध्य भएर हकप्रद प्रस्ताव बिना नै साधारणसभा डाकेको भुजेलले बताए  ।  

यस अघि पनि कम्पनीले १० प्रतिशत बोनस र शत प्रतिशत हकप्रद प्रस्ताव गरेको भएपनि बिमा समितिले आर्थिक वर्ष २०७२।७३ को वित्तीय विवरण अस्वीकृत गरेपछि उक्त प्रस्ताव स्थगित भएको थियो । 

किन रोकियो त हकप्रद ? 

कम्पनीमा अहिले अग्नि बिमा रकम दाबीबारेको विवाद छ  । २०६९ असोज २९ गते राजधानीको सतुंगलस्थित चौधरी ग्रुप अन्तर्गतका चारवटा इलोक्ट्रोनिक्स उद्योगको गोदाममा आगलागी भएको थियो । ति गोदामको बिमा यूनाइटेडले गरेकोले आगलागी पछि  युनाइटेडले सीजीलाई २५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो । यस घटनामा नक्कली दाबी भुक्तानी गरेको भन्दै बिमा समिति र उच्च अदालत पाटनले दाबी वापत लगेको झण्डै २५ करोड रुपैयाँ बीमा कम्पनीलाई फिर्ता गर्न आदेश दिएको थियो । हाल युनाईटेड इन्स्योरेन्स सो निर्णयको फैसला बिरुद्ध सर्बाेच्च अदालत गएको छ।  सिजी इलाेक्ट्राेनिक्सलार्इ कम्पनीले अग्नी बीमा वापत भुक्त्तानी गरेकाे झण्डै २५ करोड रुपैयाँ फिर्ता नगरेसम्म बिमा समितिले लाभांश वितरण र हकप्रद जारी गर्न राेक लागाएको हो । सोहि कारण कम्पनीले बिशेष प्रस्ताव बिना नै साधारणसभा डाकेको छ ।

यस्तो अवस्थामा कम्पनीले कसरी १ अर्ब चुक्ता पुंजी पुर्याउछ भन्ने अन्योल बढेको छ भने कम्पनिले हकप्रद दिने भन्दै उचालिएर शेयर किनेकाहरु अहिले फसेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved