सूचकसंगै कारोबार रकममा पनि गिरावट, सिटिजन्स बैंकको सर्बाधिक शेयर किनबेच

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 23, 2018 | 03:36:38 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन मंगलबार आज बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ४.५५ अंकले घटेर १३२८.२७ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६१ कम्पनीका ६ लाख ९३ हजार ७ सय ३० कित्ता शेयर खरिद बिक्रिबाट २९ करोड ९६ लाख ८५ हजार ८ सय ८८ रुपैयाँको कारोबार भएको छ । 

आज कालिका माइक्रोक्रेडिटको सबै भन्दा धेरै धेरै १ करोड ८९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा सिटिजन्स बैंक, स्वरोजगार लघुवित, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत रहेका छन् ।

आज मिथिला लघुवित्तका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा किसान माइक्रोफाइनान्स, वोमी माइक्रोफाइनान्स नयाँ नेपाल लघुवित्त लगायत रहेका छन् । त्यस्तै आज पोखरा फाइनान्सका संस्थापक लगानीकर्ताले सर्बाधिक ९.८० प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा युनाईटेड इन्स्युरेन्स, हाथवे फाइनान्स लगायत रहेका छन् ।

आज आज सिटिजन्स बैंकको सर्बाधिक ५७ हजार ७ सय ३७ कित्ता शेयर कारोबार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved