भ्याटको बिषय सम्बोधन हुँदा पनि शेयरबजारमा देखिएन उत्साह

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 30, 2018 | 03:10:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेट सार्बजनिक भएपछिको कारोबारको पहिलो दिन आज बुधबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ४.९४ अंकले घटेर १३२२.२७ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ६४ कम्पनीका ७ लाख ८९ हजार ३ सय ९९ कित्ता शेयर खरिद बिक्रिबाट ४३ करोड ९० लाख ८३ हजार ७ सय २१ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका फाइनान्स, इन्स्युरेन्स र माइक्रोफाइनान्स बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज साना विकास बैंकको सबै भन्दा धेरै ४ करोड ४५ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा सानिमा माई हाइड्रो, प्रिमियर इन्स्युरेन्स, नेपाल इन्स्युरेन्स लगायत रहेका छन् ।

आज उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ३.९७ प्रतिशत कमाएका छन् भने मेगा बैंकको शेयर मूल्य ९.८८ प्रतिशतले घटेको छ ।

शेयरबजारलाई लामो समयदेखि अस्थिर बनाउदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) बारे बजेटले स्पष्ट नीतिगत व्यवस्था गरेपनि लगानीकर्ता उत्साहित देखिएनन । सरकारको अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यन्वयन गर्न बनेको 'आर्थिक ऐन २०७५' मा शेयरबजारलाई अस्थिर बनाउन प्रयोग गरिने 'भ्याट आतंक' लाई 
 सम्बोधन गरेको छ। उक्त ऐनको दफा २२ मा  'धितोपत्र दलाल सेवामा विगतमा लागेको मूल्य अभिवृद्धि कर र सम्बन्धित कार्यालयबाट कर निर्धारण भई तिर्न बुझाउन बाँकी रहेको मूल्य अभिवृद्धि कर र सोमा लागेको जरिवाना, थप दस्तुर र व्याज मिन्हा हुनेछ' भन्ने स्पष्ट नीतिगत व्यवस्था गरेर सरकारले शेयरबजारलाई भ्याट आतंकबाट मुक्ति दिएको हो।

सरकारले शेयरबजारका व्यक्तिगत लगानीकर्ताहरुको पुँजीगत लाभकरको दर संसोधन गरेको छ। यस अघि ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका लगानीकर्ताले अब ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ। झट्ट सुन्दा यो शुल्क ५० प्रतिशतले बढेको देखिएपनि लगानीकर्तालाई यसले ठुलो मार नपर्ने विश्लेषण गरिएको छ। यद्दपी छोटो अवधिका लागि लगानी गर्ने कारोबारीहरुको लागि भने बढेको पुँजीगत लाभकर नमिठो बनेको छ। 

त्यस्तै सरकारले संस्थागत लगानीकर्ताको पुँजीगत लाभकरको दर भने यथावत नै राखेको छ। २५ प्रतिशत आयकर तिर्दै आएका संस्थागत लगानीकर्ताहरुले पूँजीगत लाभकर १० प्रतिशत तिर्दै आएकोमा त्यसमा कुनै परिमार्जन नगरिएको हो। साथै विदेशी कम्पनीले सूचीकृत कम्पनीको सेयर बिक्री गर्दा गर्ने नाफामा २५ प्रतिशत पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था गरिएको छ। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved