एफपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल बैंकले दियो बोर्डमा आवेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 10:57:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले एफपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  ।  बैंकले गत हप्ता एफपिओको मूल्य तय गरेको थियो । बैंकले प्रति कित्ता १ सय अन्तिम मूल्यमा  सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो  ।बैंकले उक्त मूल्यमा धितोपत्र प्रत्याभूत गराउन धितोपत्र बोर्डको स्वीकृति लिने तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । सोहि अनुसार बैंकले बोर्डमा अनुमति माग्दै आवेदन दिएको हो  । 

अब बोर्डले बैंकलाई सोहि मूल्यमा एफपियो निष्काशन गर्न दिने वा मूल्य पुनरावलोकन गर्न निर्देशन दिन सक्ने छ  ।  

 राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने तयारी गरेको हो  । हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ  ।  हाल बैंकमा सरकारको सेयर स्वामित्व  ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ  ।

बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने निर्णय गरेको थियो ।

बैंकले एफपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved