ब्रोकरले मानेनन लगानीकर्ता संघको आग्रह, नेप्सेमा शेयर कारोबार जारि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 04, 2018 | 11:30:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नोक्सानीमा समेत लाभकर तिराउने सरकारको निर्णय अव्यवहारिक भएको भन्दै शेयर लगानीकर्तासंघले कारोबार नगर्ने घोषणा गरेपनि सोमबार कारोबार भईरहेको छ। 

सोमबार बिहान बसेको नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुंजीबजार लगानीकर्ता संघको संयुक्त बैठकले लाभकरको भार थोपर्ने सरकारको निर्णय फिर्ता नहुन्जेलसम्मका लागि शेयर खरिद बिक्रिमा सहभागी नहुन आग्रह गरेपनि शेयर कारोबारले भने निरन्तरता पाएको छ। 

आन्तरिक राजश्व विभागले बोनस र हकप्रदमा लागत मूल्य गणना गर्दा शेयरको अंकित मूल्यलाई लागत मूल्य मानेर अग्रिम पूँजीगत लाभकर लिन दिएको निर्देशन फिर्ता नहुन्जेल कारोबारमा संलग्न नहुन लगानीकर्तासंघहरुले बिज्ञप्ति मार्फत नै लगानीकर्तालाई आग्रह गरेका थिए। 

सोमबार १२ बजेसम्म ६० कम्पनीका २ करोड ७५ लाखको शेयर कारोबार भएको छ। जसमा मेगा बैंकको मात्रै ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved