लाभकर विवाद: समस्या समाधान गर्न सरकारद्वारा समिति गठन, नियामक निकायका प्रतिनिधि सदस्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 05, 2018 | 04:13:40 PM मा प्रकाशित

laxmi  sunrise bank

पुँजीगत लाभकार गणना र असुल गर्नेबारे आन्तरिक राजस्व विभागको पछिल्लो निर्णयप्रति अहसमति जनाउदै लगानीकर्ताहरु आन्दोलित भएपछि सरकारले समस्या समाधान गर्न समिति गठन गरेको छ ।

मंगलबार अर्थ मन्त्रालयले मन्त्रालयका नीति ब्यवस्थापन महाशाखाका सहसचिव उत्तर कुमार खत्रीकाे संयाेजकत्वमा अध्ययन समिति गठन गरेकाे हाे । समितिमा अान्तरिक राजश्व विभागका महानिर्देशक, राजश्व विभाग,  धिताेपत्र बाेर्ड, नेप्से, सिडिएससीका प्रतिनिधि सदस्य हुने छन्। समितिले प्रतिवेदन बुझाउनको लागि १५ दिनको म्याद पाएको छ । 

 आन्तरिक राजश्व विभागले जेठ १८ गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग हाउसलाई पत्राचार गर्दे  शेयर बजारमा बोनस शेयर तथा हकप्रद शेयरको लागत मुल्य गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरि लाभकर असुल गर्न, गराउन निर्देशन दिएको थियो ।

उक्त निर्देशनपछि नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुंजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा आन्तरिक राजश्व बिभागको निर्देशनले नीतिगत अन्यौल सृजना गरेको भन्दै यो निर्णय फिर्ता नहुन्जेलसम्मका लागि सम्पूर्ण लगानीकर्ताहरुलाई कुनै पनि किसिमको खरिद बिक्रि कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेका छन।   यसै कारण आज बजारमा कुनै कारोबार नै भएन 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved