प्रभु इन्स्योरेन्सले असार ८ गतेदेखि हकप्रद निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 05, 2018 | 05:07:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्सले असार ८ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ ।  कम्पनीले १० बराबर ४.६ को अनुपातमा अर्थात् ४६ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो  । अब कम्पनीले ३१ करोड ६६ लाख रुपैयाँ बराबरको ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

  हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ १४ गते बु क्लोज गर्ने निर्णय गरेको छ । जेठ १३ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउने छन् । लगानीकर्ताले साउन १० गतेसम्म हकप्रद भर्न सक्ने छन्  । 

 हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि  चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved