निर्णय फिर्ता नहुँदासम्म शेयर कारोबार ठप्प पार्ने निर्णय, मोफसलमा पनि चर्कियो आन्दोलन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 05, 2018 | 10:49:01 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताहरुको संयुक्त संघर्ष समितिले आन्दोलनको कार्यक्रमलाई थप शशक्त बनाउने घोषणा गरेका छन। आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिंदै समितिले बुधबार पनि धितोपत्र बोर्ड घेराउ गर्ने र कारोबार ठप्प पार्ने निर्णय गरेको छ। 

बोनस र हकप्रदमा शेयरको आधार मुल्यमै पुँजीगत लाभकर लिने आन्तरिक राजश्व बिभाग मार्फत निर्देशन फिर्ता नहुँदा सम्म र आर्थिक बर्ष २०७५-७६ को बजेटमा प्रस्ताब गरे बमोजिम अग्रिमकर ७.५ प्रतिशत (व्यक्तिगत ) लाई अन्तिम करको रुपमा मान्यता नदिएसम्मका लागि कारोबार नगर्न लगानीकर्तालाई आग्रह गरेको छ। 

आन्तरिक राजश्व बिभागले बोनस र हकप्रदमा लागत मूल्य गणना गर्दा शेयरको अंकित मूल्यलाई लागत मूल्य मानेर अग्रिम पूँजीगत लाभकर लिन सरोकारवाला पक्षलाई परिपत्र गरेपछी शेयरका लागनिकर्ता आन्दोलित भएका छन। 

सरकारले नोक्सानमा समेत लाभकर माग्ने निर्णय फिर्ता नलिएसम्म तीन वटै लगानीकर्तासंघको नेतृत्त्वमा आन्दोलन जारि रहने लगानीकर्ता संघका प्रतिनिधिहरुले जानकारी दिएका छन। लगानीकर्ताहरुले सोमबार र मंगलबार पनि नेप्से तथा धितोपत्र बोर्ड घेराउ गरेका थिए भने मंगलबार शेयरबजारको कारोबार पुरै ठप्प भएको छ।  

बोनस र हकप्रद शेयरको लागत मुल्यलाई आधार मानेर लाभकर लिने सरकारको निर्णयको बिरुद्दमा काठमाडौं बाहिरका लगानीकर्ता समेत आन्दोलित भएका छन। विराटनगर र बुटवलका लगानीकर्ताले पनि सरकारले बढाएको पुँजीगत लाभकरको बिरोध गरेका छन।  

शेयर लगानीकर्ताहरुको संयुक्त संर्घष समितिले आन्दोलनको कार्यक्रमहरुलाई थप सशक्त बनाउँदै लैजाने घोषणा गरेका छन् । त्यसैगरि मोफसको विराटनगर र बुटवलका लगानीकर्ताले पनि सरकारले बढाएको पूँजीगत लाभकरको विरोध गरेका छन् ।

पुँजीगत लाभकर पुंजी लगानीबाट सृजना हुने लाभ वा मुनाफामा मात्र कर लगाउने सर्वमान्य सिद्दान्त बिपरित लगानीकर्ताको हित बिपरित नोक्सानीमा समेत लाभकर तिर्नुपर्ने सरकारको निर्णय लगानीकर्ता माथिको प्रहार भएको बुटवलमा आन्दोलनरत लगानीकर्ताको ठहर छ। 

त्यसैगरि लगानीकर्ता सुदर्शन पाठकको अध्यक्षतामा गठन भएको लगानीकर्ता हक संरक्षण मञ्च नामक संगठनले पनि सेयर कारोबार रोक्न तथा बढाइएको कर फिर्ताको टुङ्गो नलागेसम्म राफसाफ नगर्न नगराउन समेत आग्रह गरेको छ । साथै मन्चले शेयरका लगानीकर्ताको आन्दोलन तुहाउन सरकारले अध्ययन समिति गठन गरेर भ्रम सृजना गराउने षडयन्त्र गरेको आरोप लगाएको छ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved