लगानीकर्ताको आन्दोलनलाई कांग्रेसको साथ, 'कम्युनिष्ट कर' खारेज गर्न माग

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 11:02:52 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताहरुको संयूक्त सर्घष समितिको आन्दोलनको कारण आज दोस्रो दिन पनि शेयर कारोबार हुन् सकेको छैन ।   आन्तरिक राजश्व विभागले जेठ १८ गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग हाउसलाई पत्राचार गर्दे  शेयर बजारमा बोनस शेयर तथा हकप्रद शेयरको लागत मुल्य गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरि लाभकर असुल गर्न, गराउन निर्देशन दिएको थियो । पुँजीगत लाभकार गणना र असुल गर्नेबारे आन्तरिक राजस्व विभागको पछिल्लो निर्णयप्रति अहसमति जनाउदै लगानीकर्ताहरु आन्दोलित भएका हुन् 

लगानीकर्ताको आन्दोलनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ । कांग्रेसका प्रवक्ता बिश्व प्रकाश शर्माले यसलाई `कम्युनिस्ट कर´को संज्ञा दिदै यसलाई खारेज गर्न माग गरेका छन् । नाफा कमाउदा कर तिर्नु पर्ने स्वभाविक रहेको तर  नाफा-घाटा टुंगो हुनु अघिनै कर तिर्नुपर्ने निर्णय गलत भएको उनले भनेका छन् । सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्री केपी ओलीलाई पनि मेन्सन गर्दै उनले भनेका छन 'सेयर मार्केटमा पसेको जनवादी बौद्धिकताको यो नितिले समृद्धिको यात्रालाई किमार्थ सघाउ पुर्‍याउंदैन l'


यता नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुंजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा आन्तरिक राजश्व बिभागको निर्देशनले नीतिगत अन्यौल सृजना गरेको भन्दै यो निर्णय फिर्ता नहुन्जेलसम्मका लागि सम्पूर्ण लगानीकर्ताहरुलाई कुनै पनि किसिमको खरिद बिक्रि कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेका छ।   

साथै समितिले ब्रोकरहरुलाई कडा चेतावनी दिदै आक्रोशित लगानिकर्ताहरु बाट कुनै पनि दिन कुनै पनि किसिमको छापामार शैलीमा कारवाही हुन् सक्ने भन्दो ट्रेडिङ कोठामा कोहि पनि ब्रोकरका स्टाफहरुलाई प्रवेश नगर्न आग्रह गरेको छ। 

साथै समितिले लगानिकर्ताहरुलाई ब्रोकर कार्यालयमा आज बिहान १०:३० बजेदेखि नै धर्ना दिन, ट्रेडिङ कोठामा कोहि पनि स्टाफहरु नछिराउन र आवश्यक परे ताला लगाईदिन अनुरोध गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved