नेप्सेमा नेपाल सेवा लघुवित्तको आईपिओ सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 12:50:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बुधबार नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ सुचिकृत भएको छ  ।   कम्पनीको ६ लाख कित्ता शेयर सुचिकृत भएको नेप्सेले जनाएको हो  ।  शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आगामी सातादेखि यो शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।   

 कम्पनीले बैशाख १२ गतेदेखि १६ गतेसम्म  १ लाख ८० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।   

२०७१ मंसिर ८ गते सिन्धुपाल्चोक जिल्लाको फटकसिलाबाट कारोवार सञ्चालन गरेको यस वित्तीय संस्थाको हाल चुक्ता पूँजी रु. ६ करोड रहेको छ ।   कम्पनीको अधिकृत पूँजी रु. १० करोड रहेको छ   । 

हाल वित्तीय संस्थाको सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म ८ वटा शाखा कार्यालय मार्फत रु. २१ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ४,७०० जना सदस्यहरुलाई लघुकर्जाको सेवा प्रदान गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved