आउने भयो एनआईसी एसियाको ११ प्रतिशत ब्याज भएको ऋणपत्र

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 08, 2018 | 04:51:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले '११ प्रतिशत एनआईसी एसिया ऋणपत्र २०८२-८३' नामक ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले उक्त ऋणपत्र निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्रि प्रबन्धकका रुपमा नियुक्त गरेको छ। 

धितोपत्र निष्काशन सम्बन्धित सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र नबिल इन्भेष्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे। 

बैंकले १००० अंकित दरका १८ लाख ३० हजार कित्ताले हुन आउने १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो। प्रस्तावित ११ प्रतिशत ब्याज भएको ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने बैंकको बिश्वास छ। 

१ अर्ब ८३ करोडको ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात १ अर्ब ४६ करोड ४० लाख व्यक्तिगत र २० प्रतिशत अर्थात ३६ करोड ६० लाख सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्रि खुल्ला हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए। 

प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे बैंकको भनाई छ। बैंकले यस अघि जारी गरेको ९ प्रतिशत वार्षिक व्याज भएको ३० लाख कित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमा आवेदन प्राप्त भई नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भईसकेको छ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved