२ दिनमा ५१ अंकले घट्यो नेप्से सूचक, उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक कमाए

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 10, 2018 | 02:25:25 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको अन्तिम दिन आइतबार शेयर बजार परिसूचक नेप्से दोस्रो अंकले घटेको छ  । आज नेप्से सूचक २५.४३ अंकले घटेर १२३१.६४ को बिन्दुमा पुगेर रोकिएको हो  । यो संगै नेप्से २ दिनमा ५१ अंकले घटेको छ  । 

कारोबारमा आएका १ सय ६२ कम्पनीका ११ लाख ७६ हजार ३४ कित्ता शेयरखरिद बिक्रि बाट ४४ करोड ४३ लाख ९२ हजार ८ सय १३ रुपैयाँको कारोबार भएको छ  । 

यस दिन मेगा बैंकको सबै भन्दा धेरिया ४ करोड २० लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा एभरेस्ट बैंक, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, सिभिल बैंक लगायत रहेका छन्  ।

आज उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.९४ प्रतिशत कमाएका छन्  । अन्य बढी कमाउनेमा सपोर्ट माइक्रोफाइनान्स, समता माइक्रोफाइनान्स, नेपाल हाइड्रो डेभलपर लगायत रहेका छन्  ।

आज मिर्मिरे माइक्रोफाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ८.०३ प्रतिशतले घटेको छ  । अन्य बढी गुमाउनेमा प्रोग्रेशिभ फाइनान्स, विजय लघुवित्त, खानीखोला हाइड्रो, हाथवे फाइनान्स लगायत रहेका छन्  । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved