मन्जुश्री फाइनान्सको साधारणसभा असार २० मा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 11, 2018 | 10:55:28 AM मा प्रकाशित

laxmi  sunrise bank
मन्जुश्री फाइनान्स लिमिटेडले असार २० गते साधारणसभा डाकेको छ । साधारण सभा थापागाँउ ब्यांकेट, नयाँ बानेश्वरमा हुनेछ । कम्पनीले साधारणसभामा  ५.७१% बोनस प्रस्ताव र कर प्रयोजनको लागि ०.३२% नगद लाभांश दिने प्रस्ताव पेश गर्ने छ । 

 कम्पनीले  ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँ बराबरको बोनस र  २२ लाख ८७ हजार ५११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश बाहेक साधारणसभामा नियमावली संशोधन, आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन पारित , वासलात पारित , आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका एजेण्डा छन् । 
 
 साधारणसभा प्रयोजनको लागि कम्पनीले असार ४ गते बुक क्लोज गर्ने भएको छ । असार ३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल मञ्जुश्रीको चुक्ता पुँजी ७६ करोड ५ लाख ९७ हजार ५०० रुपैयाँ छ । बोनस वितरण पछि चुक्ता पुँजी ८० करोड ४ लाख ६० हजार २१० रुपैयाँ पुग्नेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved