मेगाले गर्यो नयाँ बोनस प्रस्ताब, यस अघिको टुरिजम र मेगाको लाभांश खारेज

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 13, 2018 | 11:26:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले यस अघि घोषणा गरेको बोनस खारेज गर्दै नयाँ बोनस प्रस्ताब गरेको छ। मंगलबार बसेको बैंक संचालक समितिको बैठकले यस अघि मेगा र तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकले घोषणा गरेको बोनस खारेज गर्दै गत आर्थिक आर्थिक बर्षको नाफाबाट १०.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब गरेको हो। 

बैठकले यस अघि मेगाले घोषणा गरेको ९.४५ प्रतिशत बोनस र तत्कालिन टुरिजमले घोषणा गरेको १५ प्रतिशत बोनसलाई खारेज गरि एकमुष्ट रुपमा मेगा बैंक सरह १०.७५ प्रतिशत बाेनस वितरण गर्ने निणर्य गरेको हाे। टुरिजमलाई गाभे पश्चात मेगाले एकीकृत रुपमै समान बोनस सेयर घोषणा प्रस्ताब गरेको हो।    

टुरिजमलाई गाभे पश्चातको मेगा बैंकको चुक्ता पुंजी ९ अर्ब २८ करोड पुगेको छ। १०.७५ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी १० अर्ब २७ करोड नाघ्नेछ।  बैंकले ९९ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस शेयर घोषणा गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved