रिलायन्स फाइनान्सले गर्यो लाभांश प्रस्ताब, हेर्नुस कति दिने भयो बोनस ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 14, 2018 | 04:18:57 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्सले लाभांश प्रस्ताब गरेको छ। फाइनान्सको जेठ ३१ मा बसेको १९३ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १२.६३ प्रतिशत लाभांश प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

फाइनान्सले ४५ प्रतिशत हकप्रद बिक्रि पश्चात कायम ७४ करोड ३२ लाख चुक्ता पुंजीको १२ प्रतिशतले हुन आउने ८ करोड ९१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। 

त्यस्तै फाइनान्सले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश प्रस्ताब गरेको छ। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ।   

१२ प्रतिशत बोनस शेयर तथा ४५ प्रतिशत हकप्रद वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ५१ करोड २५ लाखबाट ८३ करोड २४ लाख पुग्नेछ। फाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved