नाडेप लघुवित्तले असार १० गतेदेखि आईपिओ निष्काशन गर्ने, न्युनतम २० कित्ता भर्न पाइने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 15, 2018 | 12:08:53 PM मा प्रकाशित

laxmi  sunrise bank

 नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपियाँ अंकित ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।    

  कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले रहेको छ ।

लगानीकर्ताले न्युनतम २० कित्ता र अधिकतम २४०० सय कित्ताको लागि आवेदन दिन सक्ने छन्। लगानीकर्ताले छिटोमा असार १३ गतेसम्म र त्यस अवधि भित्र पर्याप्त आवेदन नपरेमा साउन ७ गतेसम्म आवेदन दिन सक्ने छन् । कुल ४ लाख ८० हजार कित्ता मध्ये २४ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र २४ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि ४ लाख ३२ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले सम्पूर्ण सी आश्वा सदस्यहरुबाट र अनलाइन मार्फत मेरो शेयरबाट समेत आवेदन दिन सक्ने छन् । 

 नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पाएको यस कम्पनीको मुख्य कार्यालय धादिंगको गजुरीमा रहेको छ  । हाल कम्पनीको चुक्ता पुंजी ११ करोड २० लाख रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved