साताभर मेगा बैंकको सर्बाधिक कारोबार, १५.६६ अंकले बढ्यो सूचक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 15, 2018 | 12:53:37 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता नेपाल स्टक एक्सचेन्जमा १८६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३३६८ कारोबारबाट एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार रुपैयाँ बराबरका ४८ लाख ६८ हजार ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २.१४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २०६६२ कारोबारबाट एक अर्ब ६८ करोड ४५ लाख छ हजार रुपैयाँ बराबरका ४० लाख २६ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.६६ अंकले बढेर अन्तिम दिन १२४७.३० अंकमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.६५ अंकले बढेर २६१.८१ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (नौं करोड ९७ लाख ७० हजार रुपैयाँ) को आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ६५ हजार कित्ता) र कारोबार संख्या (११८९ वटा) को आधारमा पनि मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved