नेपाल बैंकले पायो एफपिओ निष्काशनको अनुमति, प्रिमियम मूल्य कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 17, 2018 | 12:48:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले एफपिओ निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले बैंकलाई शुक्रबार एफपिओ निष्काशनको अनुमति दिएको हो । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने निर्णय गरेको थियो । अब  बैंकले प्रति कित्ता १ सय अंकित मूल्यमा  १ सय ८० प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० मा एफपिओ निष्काशन गर्ने छ । 

 राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने तयारी गरेको हो  । हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ  ।  हाल बैंकमा सरकारको सेयर स्वामित्व  ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ  ।

बैंकले एफपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved