माउन्टेन हाइड्रोलाई आइपीओ निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 18, 2018 | 08:18:21 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशनको अनुमति पाएको छ। कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले १२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। 

कम्पनीले आयोजना प्रभावित स्थानीयहरुका लागि आइपीओ निष्काशनका लागि अनुमती पाएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

आयोजना प्रभावित स्थानीयलाई आइपीओ निष्काशन पश्चात कम्पनीले सर्वसाधारणलाई पनि आइपीओ जारी गर्नेछ। आयोजना प्रभावितका लागि कम्तिमा १० प्रतिशत शेयर दिनु पर्ने प्राबधान अनुसार कम्पनीले पहिले स्थानीयलाई आइपीओ निष्काशन गर्नेछ र त्यसपश्चात सर्वसाधारणमा आइपीओ जारि गर्नेछ। कम्पनीले पाँचथरमा २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved