शेयरबजार सुस्त: सबै सूचक रातो, कारोबार रकम २७ करोड मै सिमित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 20, 2018 | 03:49:14 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज आइतबार बजार परिसूचक नेप्से घटेको छ   । नेप्से सूचक ८.३४ अंकले घटेर १२१७.८४ को बिन्दुमा पुगेको छ  ।  कारोबारमा आएका १ सय ५६ कम्पनीका २५ लाख ५१ हजार ९ सय ९ कित्ता शेयर खरिद बिक्रिबाट २७ करोड ३८ लाख ३२ हजार ९ सय ९२ रुपैयाँको कारोबार भएको छ  । 

कारोबार आएका सबै समुहगत सूचक घटेका छन्  ।  

ओम डेभलपमेन्ट बैंकको सबै भन्दा धेरै ३ करोड ६१ लाखको कारोबार भएको छ  ।  अन्य बढी कारोबार हुनेमा मेगा बैंक, नेपाल बैंक, छिमेक लघुवित्त, समता माइक्रोफाइनान्स लगायत रहेका छन्  । 

एभरेस्ट बैंकको कन्भर्टीबल प्रिफरेन्स शेयर मूल्य सबै भन्दा धेरै ३.९९ प्रतिशतले घटेको छ  ।  युनाइटेड मोदीको शेयर मूल्य सर्बाधिक ४,३७ प्रतिशतले घटेको छ भने उन्नति माइक्रोफाइनान्स र राधि बिद्युतको शेयर मूल्य समान ४ प्रतिशतले घटेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved