साताभर २८.८४ अंकले घट्यो सूचक, मौद्रिक नीति कुर्दै लगानीकर्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 21, 2018 | 04:02:40 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक ०.६२ अंकले बढेर १२१८.४६ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ६३ कम्पनीको ६ लाख २३ हजार २ सय ११ कित्ता शेयर खरिद बिक्रि बाट १९ करोड ६६ लाख १४ हजार १ सय ५३ रुपैयाँको कारोबार भएको छ । 

आज कारोबारमा आएका बैंकिंग, हाइड्रोपावर, फाइनान्स, इन्स्योरेन्स र अन्य बाहेकका सबै सूचक बढेका छन् ।  

आज नबिल बैंकका संस्थापक शेयरको सबै भन्दा धेरै ९३ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रोग्र्शिभ फाइनान्सको सस्थापक शेयर, नेपाल इन्भेस्टमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् । 

आज आरम्भ माइक्रोफाइनान्सको शेयर मूल्य सर्बाधिक ७.०५ प्रतिशतले बढेको छ भने नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सर्बाधिक ९.८७ प्रतिशत गुमाएका छन् । 

यस साताभर सूचक २८.८४ अंकले घटेको छ । साथै यस साता कारोबार रकम पनि घट्दो क्रममा रहेको छ । रकम र सूचक घट्नुलाई लगानीकर्ताहरु राष्ट्र बैंकले सार्बजनिक गर्न लागेको मैद्रिक नीतिको पर्खाईमा रहेको आंकलन गरिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved