समता माइक्रोफाइनान्सले असार २७ देखि हकप्रद बिक्रि गर्ने, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 25, 2018 | 11:21:21 AM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्सले असार २७ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले दुर्इ बराबर एक अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनगर्न लागेको हो  । अब कम्पनीले एक लाख ८९ हजार ६०० कित्ता हकप्रद जारी गर्ने छ । लगानीकर्ताले साउन २९ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

  हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक रहेको छ  । लगानीकर्ता;ए बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयहरु लाजिम्पाट, काठमाडौं, लगनखेल, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बिरगंज, र गोल्छाचोक बिराटनगर आवेदन दिन सक्ने छन् । त्यस्तै समता माइक्रोफाईनान्सको सम्पूर्ण कार्यालय तथा सी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सक्ने छन्  

हाल कम्पनीको चुक्ता पुंजी तीन करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ ।  ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved