नाडेप लघुवित्तको आइपीओमा पौने २ लाख आवेदक हुँदैछन रित्तो हात

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 27, 2018 | 07:37:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा जारी गरेको साधारणमा शेयरमा उल्लेख्य आबेदन परेको छ। लघुवित्तले असार १० देखि १३ गतेसम्म निष्काशन गरेको आइपीओमा २ लाख १९ हजारले आबेदन दिएको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ। 

लघुवित्तले सर्वसाधारणका लागि बिक्रिमा राखेको ४ लाख ३२ हजार कित्ता आइपीओका लागि भारि मात्रामा आबेदन पर्दा करिब पौंने दुई लाख आवेदक रित्तो हात हुने निश्चित छ। बुधबार बेलुकासम्मको तथ्यांक अनुसार पौने २ लाख आवेदक रित्तो हात हुने देखिएपनि अन्तिम तथ्यांक आउँदा सम्म यो संख्या अझैं बढ्ने अनुमान गरिएको छ।

कुल २ लाख १९ हजार आवेदकबाट करिब १ अर्ब ३ करोड २० लाख रुपैयाँ बराबरको आबेदन परेको बिक्रि प्रबन्धक  नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी दिएको छ। लघुवित्तले निष्काशन गरेको आइपीओमा परेको आबेदन झन्डै २३ गुणा बढी हो। 

प्राप्त आबेदन मध्ये मेरो शेयरबाट र नियमितबाट परेको आबेदनको हिस्सा करिब करिब बराबर रहेको छ। १ लाख ११ हजार ८०० ले मेरो शेयरबाट आबेदन दिएका छन भने बाँकीले कागजी प्रक्रिया अर्थात बैंक गएर नै फर्म भरेर आबेदन दिएका छन।

लघुवित्तले बिक्रिमा ल्याएको कुल ४ करोड ८० हजार कित्ता आइपीओ मध्ये ४ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र २४ हजार कित्ता सामुहिक लगानी कोषको लागि तथा बाँकि ४ लाख ३२ हजार कित्ताको सर्बसाधारणका लागि छुट्याइएको थियो। 

लघुवित्तबारे:

नाडेप लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पाएको लघुवित्त हो। २०७२ जेठ १ देखि संचालनमा आएको यस लघुवित्तले धादिङको गजुरीमा मुख्य कार्यालय राखी ६२ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। विभिन्न ३३ जिल्लामा लघुवित्त सेवा दिने अनुमति लिएको यस लघुवित्तको संचालक तथा आधारभुत शेयरधनिहरुमा नबिल बैंक, लुम्बिनी बिकास बैंक र डिप्रोक्स नेपाल छन। उनीहरुको यस लघुवित्तमा क्रमश: ४ - ४ र १ लाख ६० हजार कित्ताको शेयर स्वामित्व छ। 

लघुवित्तको वित्तीय अवस्था:

आइपीओ बिक्रि तथा वितरण पश्चात लघुवित्तको शेयर स्वामित्व संस्थापक र साधारण क्रमश ७० र ३० प्रतिशत हुनेछ भने चुक्ता पुंजी ११ करोड २० लाखबाट १६ करोड पुग्नेछ। 

 नोट: नबिल इन्भेष्टमेन्ट बैंकिङ हुनुपर्नेमा  यस अघि अन्यथा भएकाले सच्याइएको छ



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved