नाडेप लघुवित्तको आईपिओ बाँडफांड बुधबार, पौने २ लाख आवेदक हुँदैछन रित्तो हात

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 03, 2018 | 04:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा जारी गरेको साधारणमा शेयर बुधबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक  नबिल इन्भेष्टमेन्ट बैंकिङले आफ्नै कार्यालयमा बुधबार ९ बजे शेयर बाँडफांड गर्ने तयारी भएको जानकारी दिएको हो   । 

लघुवित्तले असार १० देखि १३ गतेसम्म निष्काशन गरेको आइपीओमा २ लाख १९ हजार बढी आवेदकले आबेदन दिएका थिए । लघुवित्तले सर्वसाधारणका लागि बिक्रिमा राखेको ४ लाख ३२ हजार कित्ता आइपीओका लागि भारि मात्रामा आबेदन पर्दा करिब पौंने दुई लाख आवेदक रित्तो हात हुने निश्चित छ। 

लघुवित्तले बिक्रिमा ल्याएको कुल ४ करोड ८० हजार कित्ता आइपीओ मध्ये ४ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र २४ हजार कित्ता सामुहिक लगानी कोषको लागि तथा बाँकि ४ लाख ३२ हजार कित्ताको सर्बसाधारणका लागि छुट्याइएको थियो। 

लघुवित्तबारे:

नाडेप लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत पाएको लघुवित्त हो। २०७२ जेठ १ देखि संचालनमा आएको यस लघुवित्तले धादिङको गजुरीमा मुख्य कार्यालय राखी ६२ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। विभिन्न ३३ जिल्लामा लघुवित्त सेवा दिने अनुमति लिएको यस लघुवित्तको संचालक तथा आधारभुत शेयरधनिहरुमा नबिल बैंक, लुम्बिनी बिकास बैंक र डिप्रोक्स नेपाल छन। उनीहरुको यस लघुवित्तमा क्रमश: ४ - ४ र १ लाख ६० हजार कित्ताको शेयर स्वामित्व छ। 

लघुवित्तको वित्तीय अवस्था:

आइपीओ बिक्रि तथा वितरण पश्चात लघुवित्तको शेयर स्वामित्व संस्थापक र साधारण क्रमश ७० र ३० प्रतिशत हुनेछ भने चुक्ता पुंजी ११ करोड २० लाखबाट १६ करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved